नेपाली कविता
प्रकृतिसँग हाम्रो सम्बन्ध
धन्य प्रकृति हामी हौँ जलश्रोतका धनी
स्वच्छ वातावरण स्वर्ग झै हाम्रो देश
क्या मिलेका छन् यहाँ हिमाल, पहाड, मधेश
हिमगिरिबाट निस्किने नदी, खोला र झरना
यि नै श्रृंगार हुन धर्ती माताको गहना
कसैले अब मास्नु हुन्न वन–जंगल
यो चराचुरुङ्गी, बाघ, भालुको हो बास स्थल
जसले ठान्छ आफूलाई बलशाली देश
काम यसपाली राम्ररी गरोस विशेष
जलबायु परिवर्तनमा राखोस ध्यान
यो पृथ्वीको कम गरोस तापमान ।
विनीत ठाकुर
मिथिला बिहारी नगरपालिका
मिथिलेश्वर मौवाही – ३, धनुषा
शान्ति सन्देश
ए ! शान्तिदूत परेवा उडेर आऊ आफ्नो देशमा
फैलाऊ तिमी शान्ति हिमाल, पहाड, मधेशमा
यहाँका सबै नर–नारी छन् शान्तिका पूजारी
सहन्छन् कसरी हिंशा पसरेको छ समस्या भारी
हिमालको अमृत जलमा मिसियो रगतको धारा
भएछन् यहाँ शसंकित जनता नेपाली सारा
परेवा छौ तिमी सहासी पृय सबैको विश्वासी
गर केही उपाय अब रहोस् नकोही बनवासी
दुई भाइबिच आफ्नै समस्या को जित्ने को हार्ने
नेपाल आमाको दुखित नयनले आँशु कत्ति झार्ने
हटाई देऊ परेवा तिमी भाइ–भाइ बीच मनको दूरी
अनाहकमा नउरोस् अब सधवाको सिँउदो सिन्दुरी
- विनीत ठाकुर, धनुषा, जनकपुर
Most Famous Nepali Books, Most Famous Nepali Poems, Most Famous Nepali Poets, Most Famous Nepali authors, Most Famous Nepali Writers, Most Famous Nepali Story, Most Famous Nepali Muktak, Most Famous Nepali Haiku
No comments:
Post a Comment